राष्ट्रिय महाधिवेशन : प्रचण्डको प्रतिवेदनमाथिको निष्कर्ष प्रस्तुत गरिँदै
Capital Headline
प्रकाशित मिति :
बुधबार, पौस १४ २०७८
8.5K
SHARES
१४ पुस काठमाडौं । नेकपा (माओवादी केन्द्र)का आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत तेस्रो दिनको बन्दसत्र सुरु भएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको समूहगत छलफलको सुझाव तथा निष्कर्ष टोली नेताले प्रस्तुत गर्दै छन् ।
अध्यक्ष प्रचण्डले सोमबार राजनीतिक प्रतिवेदन पेस गरेका थिए । त्यस्तै, नेता देव गुरुङले विधानको प्रस्ताव प्रस्तुत गरेका थिए । ती प्रस्तावमाथि छलफलका लागि महाधिवेशन प्रतिनिधिहरूलाई २५ समूहमा बाँडिएको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट