प्रचण्डको प्रतिवेदनमाथिको छलफल सकियो


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस १४ २०७८
3.7K
SHARES

१४ पुस काठमाडौं। नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदनमाथि छलफलको समय सकिएको छ।

समूहगत छलफल सकिएपछि नेपाल प्रज्ञा प्रतिष्ठानमा माओवादी केन्द्रको बन्दसत्रमा समूह नेताले प्रतिवेदनमाथि सुझाव र निष्कर्ष प्रस्तुत गर्न थालेका छन्।

अध्यक्ष प्रचण्डले सोमबार राजनीतिक प्रतिवेदन पेस गरेका थिए। त्यस्तै, नेता देव गुरुङले विधानको प्रस्ताव प्रस्तुत गरेका थिए । ती प्रस्तावमाथि छलफलका लागि महाधिवेशन प्रतिनिधिहरूलाई २५ समूहमा बाँडिएको थियो ।

समूहगत रूपमा मंगलबार र बुधबार छलफलका लागि समय निर्धारण गरिएको थियो । सोही छलफलको निष्कर्ष आज पेस हुँदै छ। त्यसपछि अध्यक्ष प्रचण्डले जवाफ दिनेछन् ।