राष्ट्रिय महाधिवेसन : नेतृत्व चयनको लागि निर्वाचन गर्ने तयारी
१५ पुुस काठमाडौं । माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेसनबाट नयाँ नेतृत्व चयनको लागि निर्वाचन गर्ने तयारी थालेको छ । नयाँ नेतृत्व चयनको लागि निर्वाचन समितिले बिहिबार कार्यातालिका सार्वजनिक गर्ने तयारी गरेको हो । माओवादीको आजको पाँचौ बन्दसत्रले विधान पारित गर्ने र त्यसपछि निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन समितिले जनाएको छ । आज निर्वाचन कार्यातालिका सर्वाजनिक भएको अवस्थामा भोलि निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।
माओवादीले अहिले २ सय ९९ जनाको केन्द्रीय समिति बनाउने निर्णय पारित गरिसकेको छ । तर पदाधिकारीको भने निर्वाचन मार्फत् नेतृत्व चयन गर्ने तयारी थालिएको छ । केन्द्रीय समितिले चाहेको अवस्थामा पदाधिकारी निर्वाचन केही दिन धकेलिन सक्छ ।
पार्टी भित्र सबै पद सहमतिको प्रकृयाबाट नै टुङ्ग्याउने प्रयास भइरहेको छ । महाधिवेसन भएको ढिलोमा १ महिनाभित्र निर्वाचन आयोगमा कार्यसमितिको नामावली बुझाउनु पर्ने कारण पनि अहिले नेतृत्व चयनलाई छिट्टो गरी टुङ्ग्याउन पर्ने दबाव रहेको छ ।
काठमाडौँमा जारी नेकपा माओवादी केन्द्रको महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रतिवेदनमाथि समूहगत सुझाव प्रस्तुत गर्ने क्रम जारी छ।
प्रतिवेदनमाथि २५ वटा समूह बनाएर छलफल गरिएकोमा बुधबार ११ वटा समूहले आफ्नो निष्कर्ष प्रस्तुत गरेका थिए भने बाँकी समूहले आज प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। सबै समूहको प्रस्तुतिपछि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यसूची छ।
बन्दसत्रको पहिलो दिन सोमबार पार्टी अध्यक्ष प्रचण्डले ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको प्रतिवेदन र स्थायी कमिटी सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए।