अहिलेको परिवर्तन बिपीको नीतिको कारण सम्भव भएको हो – प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : शुक्रबार, पौस १६ २०७८
7.2K
SHARES

१६ पुस काठमाडौं। नेपाली कांग्रेसको सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको परिवर्तन बिपीको मेलमिलापको नीतिको कारण भएको बताएका छन् । ४६ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा उनले यस्तो बताएका हुन् ।

देउवाले राष्ट्रिय एकता तथा मेलमिलाप नीतिकै जगमा ​लोकतन्त्र बहाली हुँदै अहिलेको राजनीतिक परिवर्तन सम्भव भएको बताएका छन । उनले सामाजिक सञ्जालमार्फत बिपी कोइरालाको उक्त नीतिको जगमा वर्तमान परिवर्तन सम्भव भएको बताएका हुन् । कांग्रेसका संस्थापक बिपी कोइराला, गणेशमान सिंह लगायतका नेताहरुको त्याग, संघर्ष र योगदानप्रति उनले उच्च सम्मान प्रकट गरेका छन् ।

‘२०३३ पुस १६ गते आजकै दिन वीपी कोइराला, गणेशमान सिंह लगायतका हाम्रा श्रेय नेताहरुले ​राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई निर्वासित जीवन त्याग गरी स्वदेश फर्किनु भएको थियो । उहाँहरुको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिकै जगमा ​लोकतन्त्र बहाली हुदै अहिलेको राजनीतिक परिवर्तन सम्भव भएको हो। आजको दिन हाम्रा नेताहरुको त्याग, संघर्ष र योगदानको उच्च सम्मान प्रकट गर्दछु’ उनले लेखेका छन् ।