बढ्यो सुनचाँदीको मुल्य, प्रतितोला कति ?


Capital Headline
प्रकाशित मिति : शुक्रबार, पौस १६ २०७८
5.1K
SHARES

१६ पुस काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ७ सय रुपैयाँ बढेर प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा ७ सय रुपैयाँ बढेर प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी आज तोलामा १५ रुपैयाँ बढेर प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।