यस कारण रोइन् मन्त्री झाँक्री


Capital Headline
प्रकाशित मिति : शुक्रबार, पौस १६ २०७८
8.8K
SHARES

१६ पुस गुल्मी । आज शहरी विकासमन्त्री रामकुमारी झाँक्री राजनीतिक जीवनको कठिनपूर्ण यात्रा सम्झिँदै रोएकी छिन् ।

नेकपा एकीकृत समाजवादीकी सचिव समेत रहेकी झाँकी शुक्रबार गुल्मी पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा सहभागी भएकी थिइन्  ।

एकीकृत समाजवादीको पार्टी कार्यालय नजिकै एमाले पार्टी कार्यालयको पक्की भवन छ ।त्यही भवन निर्माण गर्दाको पल सम्झिँदै उनले भनिन, ‘थुप्रै घरहरु निर्माण गरियो, घर भनेको बस्न लायक हुनुपर्छ भन्ने सबैको मान्यता हो ।

उक्त भवन निर्माणका लागि पार्टीमा ठूलो योगदान गर्‍यौं । तर त्यही घर अहिले पार्टीबाट अलग भएको छ ।’

‘धेरै मान्छेले पार्टी कसरी निर्माण गर्छौ, राजनीति यात्रा कसरी अगाडि बढ्छ भनेर हामीलाई प्रश्न गरिरहेका छन्,’ मन्त्री झाँक्रीले गहभरि आँशु झार्दै भनिन् ।