वैष्णो देवी मन्दिरमा भाडदौड, १२ जनाको मृत्यु
१७ पुस एजेन्सी । भारतको जम्मू–कश्मीरस्थित माता वैष्णो देवी मन्दिर परिसरमा भाडदौड मच्चिँदा १२ जनाको ज्यान गएको छ । घटनामा १३ जना घाइते घएका छन् ।
नयाँ वर्षका दिन भक्तजनहरुको भीडका कारण भागदौड हुँदा १२ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यो घटना त्रिकुटा पहाडमा रहेको मन्दिरको गृर्भगृहको बाहिर भएको हो । भिडकैबीचमा विवाद उत्पन्न भएपछि मानिसहरुबीच एकले अर्कालाई धक्का दिन सुरु हुँदा भाडदौड मच्चिएको थियो । ज्यान गुमाउनेमा दिल्ली, हरियाणा, पञ्जाब र जम्मू–कश्मीरका मानिसहरु रहेका छन् ।
भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति शोक ब्यक्त गर्दै शोक सन्तप्त परिवारजनहरुप्रति समवेदना व्यक्त गरेका छन ।
भारत सरकारले भागदौडमा परि ज्यान गुमाउनेको परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषमार्फत् प्रतिमृतक दुई–दुई लाख भारतीय रुपैयाँ र घाइतेहरुलाई ५० हजार रुपैयाँका दरले सहयोग दिने घोषणा गरेको टाइम्स अफ इण्डियाले जनाएको छ ।