घट्यो सुनको मूल्य : तोलाकाे कति पुग्यो ?


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस १९ २०७८
16.9K
SHARES

१९ पुस काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य आइतबारको भन्दा ३०० रुपैयाँले कम हो। तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य पनि घटेको छ। चाँदी सोमबार प्रतितोला ५ रूपैयाँले घटेर १ हजार २६५ रुपैयाँ कायम भएको छ।