आजबाट यी लक्षित समूहलाई कोभिडको अतिरिक्त खोप


Capital Headline
प्रकाशित मिति : मंगलबार, पौस २० २०७८
10K
SHARES

२० पुस काठमाडौं । सरकारले लक्षित समूहलाई आजबाट कोभिड–१९ विरुद्धको अतिरिक्त खोप दिँदैछ । कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका तर सरकारको मापदण्ड अनुसार लक्षित समूहमा परेकालाई खोपको थप एउटा मात्र दिइन लागिएको हो ।

क–कसले पाउँछन् अतिरिक्त खोप ?

मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति

सक्रिय क्यान्सरका रोगी

अंग प्रत्यारोपण गरेका बिरामी

एचआईभी संक्रमण भएका बिरामी

उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामी र भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष तथा सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोपको अतिरिक्त मात्रा दिन लागिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

लक्षित व्यक्तिले खोप कार्डसहित नजिकैको स्वास्थ्य संस्थामा गएर अतिरिक्त मात्रा खोप लगाउन सक्नेछन् ।