विजुलीको गतिमा कोरोना सक्रमण फैलियो , आज कति पुग्यो ?


Capital Headline
प्रकाशित मिति : शुक्रबार, पौस ३० २०७८
3.2K
SHARES

३० पुस काठमाडौं । पछिल्लो २४ घण्टामा ५ हजार ८७ जनामा कोभिड १९ संक्रमित थपिएका छन् । २० हजार  ५६० नमुनाको परीक्षण गर्दा ५ हजार ८७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज तीन जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६१३ पुगेको छ ।

त्यस्तै आज ३०६ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोभिड १९ का सक्रिय संकमितको संख्या १८ हजार २३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।