घट्ने क्रममा कोरोना संक्रमण दर , कति भयो आज ?
१५ माघ काठमाडौं । नेपालमा थप चार हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १४ हजार ५६२ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा चार हजार ९०४ जनाको नतिजा पोजिटिभ आएको हो । १० हजार १०१ नमुनाको पीसीआर परीक्षण गर्दा तीन हजार ३१८ र चार हजार ४६१ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा एक हजार ५८६ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर ६ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ७०३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ९२४ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या आठ लाख ४८ हजार ३४८ पुगेको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८७ हजार ३२९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।