आइएमएस सफ्टवेयर र सेलपेबीच सहकार्य


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ १७ २०७८
8.6K
SHARES

१७ माघ काठमाडौं ।  आइएमएस सफ्टवेयरले आफ्ना सबै ग्राहकहरूलाई  डिजिटल भुक्तानी सेवा प्रवद्र्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा आइएमएस सफ्टवेयरका तर्फबाट सन्तोष ताम्राकार र सेलकम प्रा. लि. का तर्फबाट पवन प्रधानले हस्ताक्षर गरेका छन् ।

सेलपे, सेलकम प्रा. लि. द्वारा संचालित, नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो, जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खाताका साथै वालेटबाट पनि भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ । भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सेलपेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षा प्रणालीभित्र रही विकास गरिएको छ । सेलपे मार्फत गरिएको भुक्तानी वास्तविक समयमा हुन्छ । ग्राहकह?ले सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, ईन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु , विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, फोनपे नेटवर्कका करीव ५००००० मर्चेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, P2P, P2B, B2P, B2B आदि वास्तविक समयमा गर्न सकिन्छ । साथै ग्राहकहरुले CellPay Kart सेवा मार्फत सजिलै घरमै बसी बसी बिभिन्न सामानहरु  खरिद गर्न सक्नु
हुनेछ ।

आइएमएस सफ्टवेर एक सूचना प्रविधि कम्पनी हो जस्ले विभिन्न क्षेत्रका लागि विभिन्न किसिमका सफ्टवेयरहरु  बनाउदै आएको छ । सेलपेसँग सहकार्य पछि आइएमएस सफ्टवेयरका प्रयोगकर्ताहरुले आफ्ना Creditors हरुलाई आइएमएस सफ्टवेयर प्रयोग गरी सेलपे मार्फत भुक्तानी गर्न सक्ने छन् ।

सेलपे भुक्तानी सेवा आइएमएस सफ्टवेयरका निम्न सफ्टवेयरहरुमा प्रयोग गर्न सकिन्छ,:

1.IMS POS Software

2. IMS Hospitality Management Software

3. IMS Restaurant Management Software

4. IMS Distribution Management Software

5. IMS WEB POS