सभामुखलाई महाभियोग लगाए एमालेले साथ दिन्छ – सचिव रायमाझी


Capital Headline
प्रकाशित मिति : बिहिबार, माघ २० २०७८
3.4K
SHARES

२० माघ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटामाथि महाभियोगको प्रस्ताव ल्याए आफूहरुले साथ दिने बताएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले आफूहरु सभामुख हटाउनुपर्ने पक्षमा रहेको बताएका छन । “यदि कांग्रेसले सभामुखमाथि महाभियोग लगायो भने हामी साथ दिन्छौँ । उहाँ विधिसम्मत रुपमा चल्नुभएन,” उनले भने ।