प्रचण्ड संसद् भवनबाट बाहिरिए


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन ८ २०७८
15.2K
SHARES

८ फागुन काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद् भवन प्रवेश गरेर बाहिरिएका छन्। केही बेरअघि माओवादी केन्द्रले एमसीसी संसद्मा टेबल गर्न नहुने भन्दै असहमति पत्र दर्ता गराएको थियो।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवा संसद् भवन प्रवेश गरेका छन्। प्रतिनिधिसभा बैठकमा सहभागी हुन देउवा संसद् गएका हुन्। प्रधानमन्त्रीसँगै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पनि संसद् भवन पुगेका छन्।