सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौँ – अध्यक्ष प्रचण्ड


Capital Headline
प्रकाशित मिति : बुधबार, फाल्गुन ११ २०७८
7.1K
SHARES

११ फागुन काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानै सत्ता उल्ट्याउने कोसिस भइरहेको बताएका छन् ।बुधबार सामाजिक सञ्जालमार्फत उनले सत्ता उल्ट्याउने प्रपञ्चको जालो चिरेर आफूहरू विजयी हुने पनि बताएका छन् ।

“विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिहरू फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दूर कोसिस गर्छन् । अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिहरूबीच संघर्ष चलिरहेको छ,” प्रचण्डले भनेका छन्, “उनीहरूले कयन् षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन् । तर, हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौँ ।”