प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच संसद भवनभित्रै भेटवार्ता


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन १२ २०७८
7K
SHARES

१२ फागुन काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार भेटवार्ता भएको छ । प्रतिनिधिसभाको बैठक स्थगित भएसँगै संसद भवनमै देउवा र ओली छलफलमा जुटेका हुन् ।

छलफलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्षहरु सुवास नेम्वाङ तथा विष्णु पौडेल सहभागी छन् भने काँग्रेसबाट देउवासहित सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र महामन्त्री गगन थापा सहभागी छन् ।

काँग्रेस सांसद मीन विश्वकर्माले रातोपाटीलाई भने, ‘प्रधानमन्त्रीज्यू र प्रमुख प्रतिपक्षी दलका नेतालगायतबीच छलफल भइरहेको छ ।’ संसदमा एमसीसीको विषयमा छलफल भइरहेको सन्दर्भमा दुई नेताबीच भएको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ