यस्तो निष्कर्ष निकाल्दै प्रधानमन्त्री र ओलीबीचको छलफल सम्पन्न


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन १२ २०७८
8.6K
SHARES

१२ फागुन काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल विना निष्कर्ष टुंगिएको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीकाअनुसार आजको छलफलमा पनि ठोस निष्कर्ष निस्किएन । देउवाले ओलीसँग एमसीसी पारितका लागि आग्रका गरेका थिए । जवाफमा ओलीले आफ्ना पुरानै अडान दोहोर्‍याएका थिए ।

एमाले नेता विष्णु रिजालकाअनुसार आफ्नो पार्टीले राख्दै आएका अडान कार्यान्वयनका लागि जोड दिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा ओलीसहित एमाले नेताहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी थिए ।