आज पनि कांग्रेस र एमालेबीच छलफलको तयारी


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन १३ २०७८
2.6K
SHARES

१३ फागुन काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच आज पनि छलफल हुने भएको छ । पोखरा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली काठमाडौं फर्किएपछि दुबै दलका नेताहरुबीच छलफल हुने छ । समय भने तय भएको छैन । ‘हिजो छलफल भएको छ, कुराहरु मिलसकेको छैन । आज साँझ फेरि छलफल हुन्छ,’ एमाले उपाध्यक्ष विष्णु पौडेलले भने ।

अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्न सत्तारुढ गठबन्धनबाट सहयोग नपाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेको साथ खोजेका छन् । त्यसक्रममा बिहीबार दिउँसो र साँझ गरी दुई पटक एमाले नेताहरुसँग छलफल गरेका थिए ।