नायक पल शाह पक्राउ
१५ फागुन काठमाडौं। नायक पल शाह पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरीले शाहलाई आज पक्राउ गरेको हो। जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहले आज प्रहरीसामू आफैं आत्मसमर्पण बताएका थिए। शाहले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार प्रहरीसामु आफैं उपस्थित हुने’ बताएका थिए।
जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो । तर उनी फरार भएका थिए।