एमसीसी सम्झौतामाथि संसद्मा छलफल सुरु
१५ फागुन काठमाडौं । अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)माथि संसद्मा सामान्य सैद्धान्तिक छलफल सुरु भएको छ । सरकारले यही फागुन ८ गते संसद्मा टेबल गराएको सम्झौतामाथि आजको प्रतिनिधिसभा बैठकमा छलफल सुरु भएको हो ।
छलफल प्रक्रियामा सत्ता गठबन्धनमा आबद्ध दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजावादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा सहभागी भएका छन् । यस्तै, प्रतिपक्ष दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सहभागी भएका छन् ।