एमसीसीले व्याख्यात्मक घोषणा लागू नगरे सम्झौता भंग हुन्छ – अर्थमन्त्री शर्मा


Capital Headline
प्रकाशित मिति : सोमबार, फाल्गुन १६ २०७८
8.7K
SHARES

१६ फागुन काठमाडौं । नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेपालको प्रतिनिधि सभाले गरेको व्याख्यात्मक टिप्पणी एमसीसीले पालना नगरे सम्झौता स्वतः भंग हुने बताएका छन्।

संसदमा एमसीसी सम्झौताबारे उठेका प्रश्नहरूको जवाफ दिँदै शर्माले उक्त कुरा बताएका हुन्। संसदमा बोल्दै शर्माले भने, ‘‘धेरै माननीयहरूले यसबारे स्पष्ट गरिसक्नुभएको छ। हामीले व्याख्यात्मक घोषणा गरेका छौं। नेपाल कुनै सैन्य गठबन्धनमा सहभागी हुँदैन। यसमा अब कुनै भ्रम छैन।’’

मन्त्री शर्माले एमसीसीले व्याख्यात्मक घोषणा नमाने सम्झौता रद्द हुने बताए। उनले भने, ‘‘एमसीसीले सम्झौता मानेन भने के हुन्छ ? भन्ने प्रश्न पनि उठेको छ। एमसीसीले व्याख्यात्मक घोषणा नमानेमा त्यो स्वतः रद्द हुन्छ।’’