रुस र युक्रेनबीचको वार्ता सम्पन्न , के भयो निर्णय ?


Capital Headline
प्रकाशित मिति : मंगलबार, फाल्गुन १७ २०७८
9.4K
SHARES

१७ फागुन मस्को । रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला सोमबार यी दुई देशका बीचमा पहिलो चरणको शान्ति वार्ता भएको छ । सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो ।

रुसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता सकिएको तर सो वार्ताले कुनै निष्कर्ष भने ननिकालेको अधिकारीहरूले जनाएका छन् । वार्तामा सहभागी अधिकारीहरू दुवै पक्ष आ–आफ्नो राजधानी फर्किएका छन् र उनीहरूले आवश्यक परामर्श गरी दोस्रो चरणको वार्ता गर्ने बताएका छन् ।