तत्काल सरकार विघटन हुनुपर्छ – अध्यक्ष ओली
१७ फागुन काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धनको सरकार औचित्यहीन भएकाले ताजा जनादेशमा जानुपर्ने बताएका छन् । उनले वर्तमान ‘परमादेशी’ सरकार असंवैधानिक भएको पनि बताए ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले वर्तमान सत्ता गठबन्धन अवैध तरिकाले बनेको भन्दै तत्काल विघटन हुनुपर्ने बताए ।
एमालेले पहिल्यै सरकार बन्न नदिन खोजेको भन्दै गठबन्धन ढाल्ने भन्ने कुरा कुनै नौलो नभएको उनले बताए । “नेकपा (एमाले)ले ढाल्न खोज्यो, गठबन्धन स्वीकार गरेन भन्नु नयाँ कुरा होइन । किनकि, आजको जनादेश होइन । हामी ताजा जनादेशमा जाऔँ भनेका छौैँ । लोकतन्त्रमा ताजा जनादेशमा अगाडि जाने अधिकार छ,” उनले भने ।