माओवादीमा पदाधीकारी चयन चुनावपछि मात्रै


Capital Headline
प्रकाशित मिति : सोमबार, फाल्गुन २३ २०७८
3.2K
SHARES

२३ फागुन काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय कमिटी बैठकबाट पदाधीकारी चयन नहुने भएको छ । अनुपम फुडल्याण्डमा जारी बैठकले अध्यक्षबाहेक बाँकी रहेका पदाधीकारी वैशाखमा हुने स्थानीय चुनावपश्चात् मात्रै चयन गरिने भएको हो ।

माओवादीले जारी केन्द्रीय कमिटी बैठकबाट बाँकी रहेका पदाधीकारी चयन गर्ने बताइए पनि अन्तिम समयमा आएर स्थगन गर्नुपरेको केन्द्रीय सदस्य गजेन्द्रबहादुर महतले जानकारी दिए । “पदाधीकारी चयन नगरी चुनावमा जाने भन्ने सहमति भयो,” उनले भने ।

माओवादी केन्द्रमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ ।  निवर्तमान स्थायी कमिटी सदस्य गणेश शाहले पनि जारी बैठकबाट पदाधीकारी चयन नगरिने बताए ।