माओवादीले तोक्यो यी प्रदेश इन्चार्ज (सूचीसहित)


Capital Headline
प्रकाशित मिति : सोमबार, फाल्गुन २३ २०७८
8.6K
SHARES

२३ फागुन काठमाडौं । आज नेकपा (माओवादी केन्द्र)ले प्रदेश इन्चार्जको जिम्मेवारी तोकेको छ । केन्द्रीय कमिटी बैठकले प्रदेश इन्चार्जको टुंगो लगाएको हो ।

जसअनुसार प्रदेश १ को इन्चार्जको जिम्मेवारी सुरेन्द्र कार्कीलाई दिइएको छ । यस्तै मधेस प्रदेशको इन्चार्ज गणेश शाह, वाग्मतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे तोकिएका छन् ।

लुम्बिनी इन्चार्जमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्टलाई तोकिएको छ । सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लिलामणि पोखरेल चयन भएका छन् ।