नायिका करिष्मा मानन्धर एमाले प्रवेश गर्दै


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन २६ २०७८
6.1K
SHARES

२६ फागुन काठमाडौं । नेपाली चलचित्रकी नायिका करिष्मा मानन्धर नेकपा (एमाले)मा प्रवेश गर्ने तयारी गरेकी छन् । आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेकी उनले केही समयमै एमालेमा प्रवेश गर्ने बताएकी छन् ।

औपचारिक रूपमै कार्यक्रम गरेर पार्टी प्रवेशको तयारी रहेको छ । “मैले धेरै सोचविचार र छलफल तथा तयारी गरेँ । राजनीति नै गर्ने हो भने कुन पार्टीबाट गर्दा ठिक हुन्छ भनेर पनि सोचेँ,” करिष्माले भनिन्, “त्यसैले एमाले अध्यक्षसँग पटक–पटक छलफल पनि भयो । उहाँले मलाई राजनीतिबारे धेरै कुरा भन्नुभएको छ । त्यहीअनुसार मैले आन्तरिक तयारी पनि गर्नुछ ।”

एमाले प्रवेश गरे पनि आफूले ठूलो अपेक्षा भने नराखेको बताइन् । यद्यपि, तीनै तहका निर्वाचनको पूर्वसन्ध्या भएकाले यो उचित समय भएको आफ्नो आकलन रहेको उनले स्पष्ट पारिन् ।