ओलीलाई विश्वप्रकाशले भने पदीय मर्यादाको ख्याल राख्नोस्
२६ फागुन काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पदीय मर्यादाको ख्याल राख्न आग्रह गरेका छन् ।
उनले मतपत्रमा कस्तो रङ राख्ने भन्ने कुरामा निर्वाचन आयोग स्वतन्त्र रहेको भन्दै ‘खुद्रा तर्क’ नगरी पदीय मर्यादाको ख्याल राख्न आग्रह गरेका हुन् । केही दिनअघि एमाले अध्यक्ष ओलीले एक सार्वजनिक समारोहमा ‘कांग्रेसको चुनाव चिह्न हुँदैमा मतपत्रको रङ नै हरियो बनाउनुपर्छ र ?’ भनी टिप्पणी गरेका थिए ।
मतपत्रको रङबारे सैद्धान्तिक र वैचारिक बहसमा सहभागी हुन पनि उनले ओलीलाई सुझाव दिएका छन् । उनले अध्यक्ष ओलीलाई हरियो रङ देखेर नतर्सिन समेत आग्रह गरे ।