काठमाडौंदेखि भारतको कन्याकुमारी पुगेर फर्के दुई बैंकर
२६ फागुन काठमाडौं। नेपालको राजधानी काठमाडौंदेखि भारतको कन्याकुमारीसम्म बाइक चढेर पुग्ने आफूहरू पहिलो नेपाली भएको अनुमान गर्छन् विजयराज कसजू र आवाशिष ओझा ।
कसजू सिभिल बैंकका ब्रान्डिङ एन्ड कर्पोरेट कम्युनिकेसन हेड हुन् भने आवाशिष सिद्धार्थ बैंकमा मार्केटिङ म्यानेजर हुन्। दुवै पहिलेदेखि चिनजानका साथी पनि हुन् । पेसाले बैंकमा आबद्ध भएका दुवै बाइक चलाउन र घुम्न निकै रूचाउँछन्।
आवाशिषले एक दिन कन्याकुमारीसम्म बाइकमा जाने रहर सुनाउनासाथ विजयले आफूलाई नि सामेल गर्न भने। अन्य साथीहरूले भने जाने इच्छा नदेखाएपछि यी दुई मात्र यात्रामा हिँड्ने तय भयो। दुवैले अफिसबाट १५ दिनको बिदा लिएका थिए। यही अवधिमा काठमाडौंदेखि कन्याकुमारी पुगेर पुनः काठमाडौं फर्किनु ठूलो चुनौती थियो।
त्यो चुनौती दुवैले स्वीकार गरे र फ्रेब्रुअरी ११ गते मध्याह्न ३ बजे दुवै गन्तव्यतिर लम्के। आवाशिष र विजयका अनुसार उनीहरुले १५ दिनमा ६ हजार आठ सय ३६ किलोमिटर बाइक यात्रा गरे।