वि.सं. २०७९ सालमा दिइने बिदा सार्वजनिक (सूचिसहित)


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन २७ २०७८
7.7K
SHARES

२७ फागुन काठमाडौं । सरकारले आगामी वर्ष २०७९ को सबै सार्वजनिक बिदाको सूचि सार्वजनिक गरेको छ। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै २०७९ सालमा वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि देहाय बमोजिमको सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समयबारेको विवरण सार्वजनिक गरेको हो।

वि.सं. २०७९ मा ५२ दिन शनिबार र ४३ दिन अन्य बिदा गरि ९५ दिन सार्वजनिक बिदा हुनेछ। दसैं बिदा असोज १६ गते फूलपातीदेखि २१ गते द्वादशीसम्म ६ दिन हुने भएको छ भने तिहार बिदा कात्तिक ७ गतेदेखि ११ गतेसम्म ५ दिन हुने भएको छ। https://drive.google.com/file/d/15SwcVQ9BR2IBmMVPd0KaJoLy8vdGszEJ/view