धेरै विदेशी शक्तिहरुको डरलाग्दो धम्की सहेको छु – अध्यक्ष प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शनिबार, फाल्गुन २८ २०७८
9.9K
SHARES

२८ नुवाकोट फागुन । आज नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रकृया टुंगोमा पुर्याउन र नयाँ सविधान निर्माण गर्ने क्रममा आफूले ईतिहासमा सबै भन्दा धेरै बिदेशी शक्तिको दबाब र धम्की झेलेको बताएका छन् ।

नुवाकोटको बिदुरमा आज स्वर्गीय नेता पोष्ट बहादुर बोगटीको शालिक अनाबरणपछि आयोजित कार्यक्रमलाई संवोधन गर्दै उनले कुन कुन शक्तिले कस्तो धम्की दिएको नखुलाएपनि दबाब आएको स्मरण गरे ।

निकै ठूलो जोखिम मोलेर नेपालको शान्ति प्रकृया टुंगोमा पुर्याउन र संविधान बनाउन आफू लागी परेको र जनताले त्यसको मुल्याकंन गर्ने उनले बताए ।

आफूले स्वर्गीय काँग्रेस नेता एवं पूर्व प्रधानमन्त्री शुसील कोईरालालाई सेना समायोजनको काम एक दिन पनि ढिलो नगर्न भन्दै झक्झक्याएको, केपी ओलीलाई संविधान बनाउन सहयोग गर्नुस्, प्रधानमन्त्री प्रस्ताव गर्छु भनेर सहमत गराएको पनि दाबी गरे ।

एमसिसीमा विभाजित भएको राजनीति र देशलाई एकतावद्ध गरिएको भन्दै प्रचण्डले १२ बुँदे घोषणाले नयाँ बाटो निकालेको बताए।