चुनावमा एमाले र काँग्रेस बोरामा पैसा बोकेर जाँदैछन् – नेता खनाल


Capital Headline
प्रकाशित मिति : शनिबार, फाल्गुन २८ २०७८
7.4K
SHARES

२८ काठमाण्डौँ फागुन ।आज नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले काँग्रेस र एमाले बोरामा पैसा बोकेर चुनावमा जाने बताएका छन् ।

काठमाण्डौँ ईलाम सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा खनालले बोरामा पैसा बोकेर जाने र जीतको धाक लगाउने काम उनीहरुले गरीरहेको बताए ।
ईलाममा एक नम्बरमा हराउनु पर्ने मान्छे भनेर झलनाथ खनालको नामै लिएर दुबै पार्टीको बैठक बसेको सूचना पाएको पनि खनालले बताए ।

तर उनले कार्यकर्ताहरुलाई काँग्रेस र एमाले उस्तै पार्टी भएको र त्यो पूजीवादी पार्टी भएको भन्दै जनतामा क्रान्तिकारी र समाजवादी बिचार लिएर उत्रन अपील गरे ।

काँग्रेस भन्दा एमाले पनि फरक छैन दुबैको लक्ष्य पूजीवाद हो , एमाले पनि भाईकाँग्रेस भईसक्यो । त्यसैले जनतामा जाँदा यो कुरा लिएर जानु पर्यो , तालमेल र गठबन्धन हुन सक्ने ठाँउमा त्यसरी नै जानु पर्यो , एक्लै जीत्न सक्ने ठाँउमा पनि त्यसरी नै लाग्न पर्यो , खनालले अपील गरे ।