एमालेतिर जानु लाजमर्दो – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन २९ २०७८
6.9K
SHARES

२९ फागुन काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौताको विरोध गर्दै एमालेतिर प्रवेश गरेको देखेर आफूलाई अनौठो लागेको बताएका छन्। प्रेस सेन्टर नेपाल प्रदेश १ समितिले आइतवार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले यसो भनेका हुन्। माओवादीका नेता र कार्यकर्ता एमसीसीको विरोध गर्दै एमालेमा गएकोमा उनले आश्चर्य प्रकट गरे। एमसीसीको विरोध गरेर एमालेमा जानु अनौठो र लाजमर्दो भएको उनको भनाइ थियो।

एमसीसीकै कारण पार्टी छाड्नेहरूलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपादेखि नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टीमा जान उनले सुझाए।

‘केही साथीहरु देखेर अचम्म के लागेको छ। एमसीसीको विरोध गरेर एमालेमा प्रवेश गर्नु अनौठो र लाजमर्दो कुरा हो। बरू बिजुक्छेकहाँ जानु, कि किरणजीकहाँ जानु, विप्लवकहाँ जानु त्यहाँ गएको भए त विरोध गरेको पनि सुहाउँथ्यो, ’ दाहालले भने।

मोरङको रंगेली नगरपालिकाका मेयर दिलीप बगडिया एमालेतिर गएकोबारे पत्रकारले सोधेको प्रश्नमा प्रचण्डले यसअघि नै गइसकेका र खुट्टा उचालेकाले पार्टी छोड्दा फरक नपर्ने पनि बताए।