कंक्रिटका संरचना भत्काउनुपर्छ – उमपेयर खड्गी
१ चैत काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले वसन्तपुरमा बनाइएका कंक्रिटका संरचना भत्काउनुपर्ने बताएकी छन् । वसन्तपुर डबलीमा बनाइएका संरचनाको आज अवलोकन गर्दै उपमेयर खड्गीले विश्व सम्पदा सूचीमा सूचिकृत क्षेत्रमा कंक्रिटको संरचना बनाउनु गलत भएको बताइन् ।
यसबारे मेयर शाक्यसँग सल्लाह गर्ने उनले बताइन् । महानगरको भौतिक पूर्वाधार विभागले डबलीमा क्षति पुग्ने गरी कंक्रिट प्रयोग गरेर आठ वटा झण्डा राख्ने आधारहरु निर्माण गरेको छ । महानगर क्षेत्रभित्र ७० लाख रुपैयाँ खर्च गरेर १२ वटा झण्डा राख्ने निर्णय भए अनुसार वसन्तपुरमा आठ वटा झण्डा राख्ने संरचना बनाइएको हो ।