७० प्रतिशत स्थानीय तह एमाले एक्लैले जित्छ – अध्यक्ष ओली
Capital Headline
प्रकाशित मिति :
मंगलबार, चैत्र १ २०७८
3.5K
SHARES
१ चैत काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय निर्वाचनमा एमाले एक्लैले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्ने दावी गरेका छन् । मंगलबार पार्टी निकट अनेमसंघको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दावी गरेका हुन् ।
‘एमालेलाई कसैको बैसाखी टेक्नुपर्छ, ढोडको लौरो टेक्नुपर्छ भन्ने होइन । हामी एक्लै लड्न सक्छौ’, अोलीले भने, ‘हामी ६० देखि ७० प्रतिशत एक्लै जित्न सक्छौ । यति जित्नका लागि अरुको साहारा लिनुपर्दैन ।’ पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले कम्युनिस्टका नाममा रहेका पार्टीहरूको नामप्रति पनि कटाक्ष गरे । ‘जसको काम नै फाटोवादी उ एकीकृत, जुन प्रतिगामी छ उ समाजवादी’, अध्यक्ष ओलीले एकीकृत समाजवादीप्रति लक्षित गर्दै भने ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट