फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब कति पुग्यो ?
२ चैत काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसअघि मूल्य बढाएको दुई हप्ता नबित्दै निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएर १५५ रुपैयाँ तय गरेको छ । डिजेल/मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर पाँच रुपैयाँले बढाएर १३८ रुपैयाँ तोकिएको छ ।
हवाई इन्धनको मूल्य पनि वृद्धि गरिएको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १५ रुपैयाँ बढेर १५१ पुगेको छ । यसैगरी अन्तर्राष्ट्रियतर्फ प्रति किलो लिटर २०० अमेरिकी डलरले बढेर १४९५ पुगेको छ । यसअघि निगमले फागुन १९ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।