कम्युनिस्ट एकता गरौं – नेता भुसाल , सरकार ढाल्नेसँग एकता हुँदैन – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र ७ २०७८
9.3K
SHARES

७ चैत काठमाडौं । आज नेकपा एमालेका नेता घनश्याम भुसालले कम्युनिस्ट पार्टीको एकताको प्रस्ताव राखेका छन् । सोमबारको पोलिट्ब्यूरो कमिटी बैठकमा उनले निर्वाचनमा गठबन्धन र आगामी दिनमा कम्युनिस्ट एकताको प्रस्ताव राखेका हुन् ।

कम्युनिस्ट पार्टी विभाजित भएको तर जनताले एकता चाहेको भन्दै उनले एकता हुनुपर्ने बताएका छन् ।

तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई तिहाई नजिकको सरकार ढाल्नेहरुसँग एकता नहुने बताए । उनले गठबन्धनमा भन्दा पनि एमाले एक्लै निर्वाचनमा जाने जवाफ दिएको एक नेताले बताए ।