स्थानीयले सातदोबाटो–चापागाउँ सडक बन्द गराए


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र ८ २०७८
6.6K
SHARES

८ चैत काठमाडौं। सडक पिच नगरिएको भन्दै स्थानीयले ललितपुरको सातदोबाटो–चापागाउँ भन्दै सडकखण्ड बन्द गराएका छन् । लामो समयदेखि सडक पिच नगरिएको भन्दै स्थानीयले आज सडक बन्द गराएको महानगरीय प्रहरी परिसर ललितपुरमा एसपी सिद्धीविक्रम शाहले जानकारी दिए ।

‘‘पिच गर्नुपर्ने मागसहित स्थानीयले सडकमा बसेर अवरुद्ध गरेका छन् । सवारीसाधनहरू वैकल्पिक मार्गबाट डाइभर्ट भइरहेका छन् । अत्यधिक मात्रामा धुलो उड्दा स्थानीयले सडक बन्द गराएका हुन् । यो क्षेत्रमा सवारी चाप छ,” एसपी शाहले भने ।