एमालेले ‘हाइट’ बढाउँदै गएको छ – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र ८ २०७८
8.5K
SHARES

८ चैत काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रत्येक दिन एमालेको ‘हाइट’ बढिरहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले एमाले सदस्यको संख्या बढिरहेको बताए ।

“अहिले यहाँ बस्दाबस्दै दुई–चार फिट हाइट बढिसकेको छ । अर्थात्, एमालेले हरेक दिन हरेक पल आफ्नो हाइट बढाउँदै गएको छ,” उनले भने । ओलीले एमाले हरेक क्षेत्रका समस्यालाई समाधान गर्ने पार्टी भएको पनि बताए ।