एमाले केन्द्रीय कमिटी बैठक बस्दै : यी हुन् छलफलका एजेन्डा


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र ९ २०७८
5.3K
SHARES

९ चैत काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (बुधबार) बस्दैछ। बबरमहलस्थित कार्की ब्यांकेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

बैठकमा स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित हुनेछ। चुनावी घोषणा पत्र तथा उम्मेदवार चयनको मापदण्ड र अन्य दलहरुसँग सम्भावित तालमेलको विषयमा पनि छलफल गर्ने एजेन्डा रहेको जनाइएको छ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक तथा महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गर्ने र ती प्रतिवेदनमाथि छलफल हुनेछ। त्यस्तै, बैठकमा सातै प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गर्ने बताइएको छ। बैठक भोलि (बिहिबार) सम्म चल्ने छ।