स्थानीय चुनावमा गठबन्धन हुँदैन – शेखर कोइराला


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र १० २०७८
2K
SHARES

१० चैत काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतरपक्षले पार्टी सभापतिले चाहँदैमा स्थानीय चुनावमा गठबन्धन हुन नसक्ने बताएको छ।बुधबार काठमाडौंमा बसेको शेखर कोइराला समूहको बैठकले सभापति शेरबहादुर देउवाले चाहेरमात्रै स्थानीय चुनावमा अन्य दलसँग गठबन्धन नहुने बताएको हो।

पार्टीको विधान अनुसार चार तहको समिति रहको भन्दै सम्बन्धित समितिलाई नै यसबारे निर्णय गर्न दिनइनु पर्ने निष्कर्ष निकालेको हो।बैठकमा सहभागी एक नेताका अनुसार सभापति देउवाले चाहेर र केन्द्रीय समितिले चाहेर मात्रै यसबारे निर्णयमा पुग्न नसकिने बैठकले निष्कर्ष निकालेको हो।

पार्टीको विधान अनुसार महानगरको मेयर र उपमेयर बाहेक अन्य स्थानीय तहबारे निर्णय गर्ने क्षेत्राधिकार प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय समितिलाई दिएका कारण क्षेत्राधिकार बाहिर गएर निर्णय गर्न नमिल्ने उक्त समूहको ठहर रहेको छ।