गठबन्धन गर्न जरुरी छ – प्रधानमन्त्री देउवा


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र १० २०७८
4.8K
SHARES

१० चैत तनहुँ। प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन निर्वाचनसम्म निरन्तर रहने बताएका छन्। बिहीबार नेपाली कांग्रेस तनहुँले पार्टी कार्यालय दमौलीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जाने बताएका हुन्।

उनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्म पनि गठबन्धन गर्न जरुरी रहेको बताए। निर्वाचनमा गठबन्धनमा आबद्ध पार्टीहरूलाई पनि उचित स्थान दिनुपर्ने उनको भनाइ थियो।

उनले भने, ‘किनकि उहाँहरूको योगदानलाई बिर्सन हुँदैन। प्रधानमन्त्री हुन धेरै पार्टीका साथीहरू लालायित थिए।’
तनहुँ ऐतिहासिक थलो भएकाले कांग्रेस एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियो।