एमालेले तय गर्‍यो उमेदवार छान्ने यी ६ मापदण्ड


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र १० २०७८
2.5K
SHARES

१० चैत काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकले स्थानीय तह निर्वाचनको उमेदवार चयनका लागि ६ वटा मापदण्ड तय गरेको छ । बिहीबारको केन्द्रीय कमिटी बैठकले मापदण्ड पारित गरेको हो ।

यी हुन् मापदण्ड
१. पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता
२. निर्वाचित जनप्रतिनिधिहरूको कामको मूल्यांकन
३. लोकप्रियता र विजयको सुनिश्चितता
४. आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा
५. कार्यक्षमता, विकास र सुशासनप्रतिको दृष्टिकोण
६. सन्तुलन र समावेशिता