प्रचण्ड र चिनियाँ विदेशमन्त्री बीच भेटवार्ता


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र १३ २०७८
7.1K
SHARES

१३ चैत काठमाडै । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ। आइतबार माओवादी अध्यक्ष प्रचण्‍ड र चिनियाँ विदेशमन्त्री वाङबीच मेरियट होटलमा भेटवार्ता भएको हो।

भेटमा दुईपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको बताइएको छ। भेटमा माओवादी नेता नारायणकाजी श्रेष्ठलगायत पनि सहभागी थिए। तीन दिने नेपाल भ्रमणका लागि चैत ११ गते नेपाल आएका विदेशमन्त्री वाङले आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए।

राष्ट्रपति भण्डारीसँगको भेटवार्ता पछि चिनियाँ विदेशमन्त्री वाङले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका हुन्। वाङ आजै स्वदेश फर्किने कार्यक्रम छ।