वाम गठबन्धन बन्न दिनु हुँदैन – महामन्त्री शर्मा


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र १५ २०७८
2.4K
SHARES

१५ चैत काठमाडौ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वाम गठबन्धन बन्नबाट रोक्नुपर्ने बताएका छन्। आगामी निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउन वाम गठबन्धन बन्नबाट रोक्नुपर्ने उनले बताए। वर्तमान गठबन्धन नरहने अवस्था आएमा सबै दल एक्ला-एक्लै निर्वाचन लड्ने स्थिति बनाउन सक्नुपर्ने उनको भनाई छ। महामन्त्री शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काँग्रेसलाई पहिलो बनाउने उद्देश्य पूरा गर्न कि सबै दल एक्ला-एक्लै लड्ने स्थिति बनाउन सक्नुपर्छ कि ०७४ को झैं ‘वाम गठबन्धन’ बन्नबाट रोक्नुपर्छ।’

भावनात्मक आवेग र वस्तुगत यथार्थ फरक हुने भन्दै परिस्थिति बदल्न स्थितिको आङ्कलन जरुरी रहेको उनले बताए। ‘यसका लागि गहिरो सुझबुझ जरुरी छ। भावनात्मक आवेग र वस्तुगत यथार्थ फरक हुन्छ। परिस्थिति बदल्न स्थितिको आकलन जरुरी हुन्छ,’ शर्माले भनेका छन्। काँग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा आसन्न स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलसँग चुनावी तालमेल गर्ने विषयमा विवाद छ।