गठबन्धन आवश्यक छ – उपाध्यक्ष नेम्वाङ


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र १७ २०७८
3.1K
SHARES

१७ चैत काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले मिश्रित निर्वाचन प्रणालीमा एक दलको बहुमत आउने सम्भावना कम रहने बताएका छन्। रिपोर्टस क्लब नेपालको २४ औँ वार्षिकोत्सव समारोहमा मिश्रित निर्वाचन प्रणालीमा गठबन्धन आवश्यक रहेन पनि बताए।

तर, गठबन्धन बनाउँदा त्यो मूल्यमान्यतामा आधारित हुनुपर्ने उनको भनाई छ। ‘गठबन्धन मूल्य र मान्यतामा आधारित हुनुपर्छ । विचार र सिद्धान्तमा आधारित हुनुपर्छ,’नेम्वाङले भने,‘यी सबै कुरालाई ध्यानमा राखेर संसदीय मूल्य र मान्यतामा आधारित लोकतान्त्रिक मूल्यमान्यता अनुरूप त्यस्ता गठबन्धन हुनुपर्छ।’

यदि गठबन्धनमा त्यो भएन भने समस्या आउने उनले बताए। वर्तमान सत्तारूढ गठबन्धनप्रति सांकेतिक रूपमा टिप्पणी गर्दै उनले यस्तो बताएका हुन्। ‘त्यो(सत्तारूढ गठबन्धन) भएको छ कि छैन ? त्यतातर्फ म टिप्पणी गर्न चाहन्न। यत्ति भन्छु, ढंग पुगेन भने मित्रहरू दुख पाउनुहुन्छ !’ उनले भने।