सत्ता गठबन्धनको बैठक : मुख्य एजेण्डा चुनावी तालमेल
Capital Headline
प्रकाशित मिति :
बिहिबार, चैत्र १७ २०७८
11.1K
SHARES
१७ चैत काठमाडौं । स्थानीय तह निर्वाचनबारे रणनीति बनाउन सत्ता गठबन्धन दलको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान साढे १० बजे बैठक बस्न लागेको हो । बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने बताइएको छ ।
चुनावमा कसरी अघि बढ्ने भन्नेमै छलफल केन्द्रीत हुने नेताहरुले बताएका छन् । वैशाख ३० गते एकै पटक देशभरका ७५३ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा ५ दलीय सत्ता गठबन्धनमा रहेका दलहरु चुनावी तालमेल गरेर उम्मेदवार उठाउने तयारीमा छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट