कुमारी बैंक २१ औं वर्षमा प्रवेश गर्दै
१८ चैत काठमाडौ। कुमारी बैंक लिमिटेडले यही चैत्र २० गते २० औं वर्ष पूरा गरी २१ औं वर्षमा प्रवेश गर्दैछ । यस बैंक द्वारा प्रत्येक वर्षको वार्षिकोत्सव विभिन्न कार्यक्रमहरू सम्पन्न गर्दै आएकोले यस २१ औं वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न कार्यक्रमहरूमध्ये कार्ड र डिजिटल प्रडक्टको विस्तार तथा प्रयोगमा बढोत्तरी गर्ने लक्ष्य लिएको छ। यस कार्यलाई हाम्रा ग्राहकवर्गले सहयोग गरिदिनु हुन्छ भन्ने अपेक्षा बैंकले गरेको छ।यो प्रवर्धनलाई अझ सशक्त बनाउने उद्देश्यले बैंकको कार्ड तथा डिजिटल भुक्तानी शाखाले तल उल्लेखित अभियानहरू प्रस्तुत गरेको छ –
१० डेबिट र क्रेडिट कार्डको हकमा – बैंकको वार्षिक उत्सवका अवसरमा चैत्र २० गते कुमारी बैंक लिमिटेडको कार्ड मार्फत POS अथवा अनलाइनबाट भुक्तानी गर्ने पहिलो कारोबारमा २१ प्रतिशत वा अधिकतममा रू। २,१०० सम्म Cash-Back प्रदान गरिनेछ । यो सुविधा ATM बाट पैसा झिक्दा लागू हुनेछैन ।
२० पहिलो पटक Mobile Top Up वा पहिलो QR भुक्तानी गर्दा– बैंकको वार्षिक उत्सवका अवसरमा Kumari Smart Mobile Banking app प्रयोग गरी पहिलो पटक Mobile Top-Up गर्दा वा चैत्र २० गतेको दिन पहिलो QR भुक्तानी गर्दा अधिकतममा रू। २१० सम्मको क्यासब्याक प्राप्त हुनेछ ।
३० हेलिकप्टर मार्फत गोसाइँकुण्ड जाने –कुमारी बैंकको २१ औं वार्षिकोत्सवको अवसरमा हेलिकप्टर ९सिम्रिक एयर० मार्फत गोसाइँकुण्ड जाने कुमारी बैंकका ग्राहक समूहलाई हवाई यात्रामा अन्य दिनको कुल खर्च भन्दा रू। १२,५०० छुट प्रदान गरिनेछ । यो छुटको प्रावाधान वार्षिकोत्सवदेखि एक महिनासम्म प्राप्त गर्न सकिनेछ ।
४० लक्की-ड्र मार्फत एक ग्राहकलाई दुबई भ्रमण-बैंकको वार्षिकोत्सवका दिनदेखि सात दिनभित्र Kumari Smart बचत मार्फत QR Payment, Fund Transfer गर्दा लक्की-ड्र मार्फत एक ग्राहकलाई दुबई भ्रमण उपलब्ध हुनेछ । लक्की-ड्र मार्फत छानिएका विजेताले तीन महिनाभित्रमा यस योजनाको उपभोग गर्नुपर्नेछ साथै विजेताले आफुसँग थप एकजना लाई भ्रमण्मा लिएर जान सक्नेछन ।