आज नेपालसहित १४ सांसदविरुद्धको रिटमा सुनुवाई हुँदै


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र २० २०७८
8.7K
SHARES

२० चैत काठमाडौं। तत्कालीन एमालेका १४ सांसदविरुद्धको रिटमा आज सुनुवाई हुने भएको छ। माधवकुमार नेपालसहित १४ सांसद विरुद्धको रिटको पेशी आज तोकिएको हो। उक्त रिट न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको छ।

एमालेले पार्टीको हितविपरित गतिविधि गरेको भन्दै माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । तर सभामुख अग्निप्रसाद सापकोटाले तत्काल सूचना टाँस नगरेको भन्दै अध्यक्ष ओलीले सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमा पटकपटक पेशी तोकिए पनि सुनुवाई हुन सकेको छैन।