ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँड


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र २० २०७८
5.3K
SHARES

२० चैत काठमाडौं। ग्रीन भेन्चर्स लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले आइतबार बिहान आईपीओ बाँडफाँड गरेको हो। मागभन्दा बढी आवेदन परेपछि धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावलीअनुसार आईपीओ बाँडफाँड भएको छ। कम्पनीले यही चैत ८ देखि ११ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो।

यसअघि नै आयोजना प्रभावित स्थानीयलाई आईपीओ जारी गरिरहेको कम्पनीले सर्वसाधारणका लागि ३१ करोड २५ लाखबराबरको ३१ लाख २५ हजार कित्ता सेयर निष्कासन गरेको थियो। त्यसमध्ये ३ प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता कम्पनीको कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् एक लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषहरूका लागि छुट्ट्याएर २८ लाख ७५ हजार कित्ता सर्वसाधारणका लागि आवेदन खुला गरेको थियो।

कम्पनीको आईपीओमा आवेदन दिएकामध्ये पाँच हजार १३३ आवेदकको आवेदन रद्द भएको र २१ लाख ६ हजार ५१६ आवेदकको आवेदन मात्रै स्वीकृत भएको बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ। स्वीकृत योग्य आवेदकमध्ये गोलाप्रथाबाट दुई लाख ८७ हजारले १० कित्ताका दरले सेयर पाएका छन्। १८ लाख १९ हजार ५१६ आवेदकको भने हात रित्तो भएको छ।