भत्किएको पशुपतिको पुल बन्दै


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र २० २०७८
7.6K
SHARES

२० चैत काठमाडौं । शिवरात्रिका दिन पशुपतिनाथ मन्दिरको दर्शन गर्न गएका दर्शनार्थीको चाप थेग्न नसकेर भत्किएको पुल बन्ने भएको छ । पशुपति क्षेत्र विकास कोषले भत्किएको पुलमाथिको पुरानो संरचना हटाएर मर्मत गर्न लागेको हो ।

कोषका सूचना अधिकारी रेवतीरमण अधिकारीले भत्किएको पुल बनिरहेको बताए । ‘‘सबै भत्काएर नयाँ बनाउने होइन । पुलमाथिको बेस मात्रै बनाउने हो । अहिले पुलमाथिको पुराना संरचनाहरू भत्काउने काम भइरहेको छ,” उनले भने ।

गएको फागुन १७ गते शिवरात्रिका दिन दर्शनार्थीहरूको भार थेग्न नसकेर वाग्मती नदीमाथिको पुरानो पुल भत्किएको थियो । पुलको भत्किँदा तीनजना नदीमा खसेर घाइते भएका थिए ।